Odapalika - The Fourth Estate - चौथो अंग
पोखरा महानगरले भन्योः कक्षा ११ मा पहिला आफ्ना विद्यार्थी भर्ना गर्नू, ५ प्रतिशत छात्रवृत्ति कोटा राख्नूू 

काठमाडौँ । पोखरा महानगरपालिकाले नगरभित्रका शैक्षिक संस्थाहरुलाई कक्षा ११ मा पहिला आफ्नो संस्थामा अध्ययन गरिरहेका विद्यार्थीमात्र भर्ना गर्न निर्देशन दिएको छ । 

सामुदायिक तथा संस्थागत विद्यालयहरुका नाममा सूचना जारी गर्दै महानगरले कक्षा ११ मा २० असारसम्म आफ्नै विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थी भर्ना गरेर कोटा उभ्रिएमा मात्र अन्य विद्यालयबाट आएका विद्यार्थी भर्ना गर्न भनेको हो । 

महानगरले संस्थागत विद्यालयले विद्यार्थी भर्ना गर्दा महानगरले दिएको ५ प्रतिश छात्रवृत्ति सुरक्षित राख्नसमेत निर्देशन दिएको छ । उसले संस्थागत विद्यालयले निर्धारण गरेको शुल्क विवरण सूचना पार्टीमा अनिवार्य सार्वजनिक गर्न र महानगरले तोकको मापदण्डभित्र रहेर मात्र शुल्क लिन भनेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update