Odapalika - The Fourth Estate - चौथो अंग
वडाध्यक्षहरुको असहयोगले बजेट ल्याउन सकेन शुद्धोधन गाउँपालिकाले

काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले तोकिएको समयभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउन सकेको छैन । वडा कार्यालयहरुबाट बजेट तयारीका लागि आवश्यक गृहकार्य नभएको बजेट आउन नसकेको हो ।

कानुनी व्यवस्था अनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको लागि बजेट ल्याइसक्नु पर्छ । तर, तोकिएको समयभित्र बजेट आउन नसकेकोले असार २३ गते बजेट ल्याउने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष कमलेश चौधरीले जानकारी दिए ।

‘प्राविधिक कारणले असार १० भित्र बजेट ल्याउन सकिएन । अब असार २३ गते बजेट ल्याउनको लागि गाउँसभा बोलाएका छौं । त्यही दिन बजेट आउँछ,’ अध्यक्ष चौधरीले वडापालिकासँग भने ।

उनले ‘प्राविधिक कारण’ नखुलाए पनि वडाध्यक्षहरुको असहयोग नै मुख्य कारण रहेको बताइएको छ । गाउँसभामा अध्यक्ष चौधरीको पक्षमा बहुमत नभएको र बहुमत वडाध्यक्षहरु अध्यक्षलाई सहयोग गर्न तयार नभएपछि बजेट ल्याउन ढिलाइ भएको स्रोतले जानकारी दियो ।

‘शुद्धोधन गाउँपालिकामा ६ वटा वडा छन् । ३ वडा नेपाली कांग्रेसले जितेको छ भने २ वटा जनता समाजवादी र एउटा माओवादी केन्द्रले जितेको छ । गाउँपालिका अध्यक्ष भने लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेर विजयी भएका थिए । त्यसैले सबै वडाध्यक्षहरु अध्यक्षको विपक्षमा देखिदा समस्या भएको हो,’ स्रोतले भन्यो ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update