Odapalika - The Fourth Estate - चौथो अंग
धनुको दिन किनमेलमा, मीनको दिन घुमफिरमा, अरुको कस्तो ? 

आजको पञ्चाङ्ग 

तिथिः नवमी । नक्षत्रः रेवती । करणः वव । चन्द्रराशिः मीन । सूर्योदयः ५ः १३ । सूर्यास्तः १९ः ०२ । दिनमानः ३४ः३३ घडी । राहुकालः बेलुका ४ः३० देखि ०६ः०० सम्म ।

तपाईँको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

तपाईँको काम पूरा नहुन सक्छ । दिनभरी नै सुखको अनुभूति भइरहने छ । एकदम खर्चिलो दिन छ । यात्रा कठिनपूर्ण होला ।

वृष ( इ उ ए ओ बा बि बु बे बो )

आजको दिन उत्तम हुनेछ । सहयोग गर्ने बढी होलान् । धन प्राप्तिको प्रवलता रहेको छ । 

मिथुन (का कि कु घ ङ छ के को ह )

आज उत्तम समय रहेको छ । मान,सम्मान तथा प्रशंसा पाएर मन प्रफुल्लित  हुनेछ । नसोचेको काम बन्ने योग रहेको छ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो )

अनावश्यक यात्राले थकित भइनेछ । तपाईँको कामको सम्मान हुनेछ । नयाँ साथीसँग सम्बन्ध स्थापित हुनेछ  । आम्दानी या लाभ हुने देखिन्छ ।

सिंह (मा मि मु मे मो टा टि टु टे )

स्वस्थ्य बिग्रन सक्छ, जोगिनु पर्नेेछ । विवादमा पर्न सकिन्छ । मानसिक तनाव रहनेछ । अनावश्यक खर्च हुनेछ ।

कन्या ( टो प पि पु ष ण ठ पे पो )

आजको दिनको काम अर्थपूर्ण बन्नेछ । जे काम गर्नुहुन्छ त्यो पूरा हुने देखिन्छ । पतिपत्नीको सल्लाहले गरेको कामले गति लिनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते ) 

आजको दिन शत्रुले काममा बाधा दिनेछन् । यात्रा भने शुभ रहनेछ । जमघट र मनोरञ्जनमा दिन बित्ने देखिन्छ । खर्च बढी नै हुनेछ ।

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

 स्वस्थ्यमा देखिएको समस्या हट्नेछ । सन्तान सुख मिल्नेछ । सोचेभन्दा राम्रो आम्दानी हुनेछ । 

धनु ( ये यो भा भि भु ध फा ढा भे )

आज बढी नै श्रम गर्नुपर्नेछ । खरिद बिक्रिको योग रहेको छ । यात्रा कष्टकर नै होला ।  समाजसेवाको अवसर प्राप्त हुनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

पराक्रम बढ्नेछ । शरीरमा केही कष्ट होला  । दुखदिनेहरु जुर्मुराउनेछन् । धैर्यताले काम गर्नुपर्ला ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

रोकिएका काम अचानक बन्नेछन् । रमाइलो यात्रा तय हुनेछ । धन प्राप्त हुनेछ ।

मीन ( दि दु थ झ ञ दे दो चा ची ) 

अरुको प्रशंसा पाइनेछ । नयाँ कामको योजना बन्नेछन् । घुमफिरमा समय बित्नेछ । मनले चिताएको कुरा गर्न पाइएला । 


 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update