Odapalika - The Fourth Estate - चौथो अंग
आज कहाँ कहाँ पर्दैछ पानी ? 

काठमाडौँ । मनसुनी बायुवको प्रभावका कारण आज देशभरको मौसममा सामान्य देखि पूर्णतण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
विभागका अनुसार आज कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज रति कोशी, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।विभागका अनुसार कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update