Odapalika - The Fourth Estate - चौथो अंग
५ करोड खर्चेर ललितपुर महानगरले नख्खु खोलामा बनायो पुल 

ललितपुर । ललितपुर महानगरले आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने नक्खु खोलामा सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण गरेको छ । 

५ करोड ७५ लाख ९२ हजार ६२७ रुपैयाँको लागतमा सम्पन्न पुलको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शनिवार उद्घाटन गरे ।

उद्घाटनका अवसरमा महर्जनले पूर्वाधार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिएको बताउँदै निर्धारित समयभन्दा पाँच महिनाअघि नै समाप्त भएको जानकारी दिए ।

उपप्रमुख मञ्जली शाक्यले पुलबाट धापाखेल र ठेचोवासीलाई  प्रत्यक्ष लाभान्वित हुने बताइन् । उनले पुलका कारण कृषक, शिक्षक, विद्यार्थी  भन्दै आर्थिक– सामाजिक रूपमा स्थानीयलाई समृद्ध बनाउन सघाउने बताइन् । 

कार्यक्रममा वडा नं २२ का वडाध्यक्ष सागर तुलाधर, वडा नं २६ का अध्यक्ष सुरेश महर्जन र वडा नं २७ का अध्यक्ष कृष्णहरि महर्जनले निरन्तरको अनुगमनको परिणामस्वरुप निर्धारित समय अगावै पुल सम्पन्न भएको बताए । उनीहरूले निर्माण कम्पनीको लगन र इमानदारीप्रति आभार व्यक्त गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update