Odapalika - The Fourth Estate - चौथो अंग
पोखरा बजार भएर बग्ने फिर्केखोला बेच्ने को हो ? 

कास्की । काठमाडौं महानगरपालिकाले टुकुचा र खोला र सामाखुसी क्षेत्र भएर बग्ने खोलाको संरक्षणलाई तिब्र बनाएपछि पोखरा महानगरपालिका पनि नगरभित्रबाट बग्ने फिर्के खोलालाई पुरानै स्वरुपमा फर्काउने अभियानमा जुटेको छ । 

पोखराको मध्य भाग भएर वग्ने यो खोलालाई अतिक्रमण गरेर घरहरु बनाइएपछि महानगरले प्राविधिक टोली खटाएर खोलाको सीमांकन काम गरिरहेको छ । 

पोखराका मेयर धनराज आचार्यका अनुसार १ भदौ भित्रमा सीमांकनका काम सकेर अतिक्रमित संरचना हटाइने छ । 

अतिक्रमित खोलाको रेखांकनमा महानगरले जर्वजस्ती गरेको भन्दै स्थानीयवासीले गुनासो गरिरहेका वेला मेययर स्वयं रेखांकन टोलीमा सहभागी छन् । 

pokhara21692325815.jpg

स्थानयीले निजी सम्पत्तिमा  हमला भएको गुनासो गरेपछि बिहीबार मेयर आचार्यले खोला बेच्ने र मिच्ने को हो? भन्दै स्थानीयको सातो लिएका छन् । 

पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी सुरु गरिएको सिमांकन अन्तिम विन्दु पोखरा १८ को अधेँरीकुना नजिक पुगेको हो । पोखरा १७ गाईघाटबाट सुरु गरिएको सिमांकन कार्य अब करिब २०० मिटर मात्र बाँकी छ । 

पहिलो चरणमा फिर्केखोलाले चर्चेको खोलाको धार पत्ता लगाउने नाप जाँच गर्ने कार्यको अवलोकन गरेका मेयर आचार्यले खोलाको नाप जाँचका क्रममा हालसम्म ५ सय बढी सीमा स्तम्भहरू गाडिएको ताए । 

‘यसले खोलाको वास्तविक रूप र आकार देखाइदिएको छ, यो प्राविधिक जाँचका आधारमा आएको तथ्य हो, यसका शंका गर्नुपर्ने कुनै कारण छैन । किनकी खोलाको सिमांकन कार्यले खोला माथिको अतिक्रमण र दोहनलाई उदाङ्गो बनाइदिएको छ,’ आचार्यले भने ।

फिर्के खोलालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने महानगरको योजना रहेको प्रमुख आचार्यले बताए । दिगो पर्यटन विकासको अवधारणामा खोलाको दुवैतर्फ साइकल लेन सहितको फुटट्रयाक बनाइने र यो  पोखराको पर्यटन गन्तव्य बन्ने उनको भनाइ छ । 

फिर्केखोला हुँदै फेवातालमा पुग्ने फोहोरका कारण हाल ताल समेत प्रदूषित भइरहेको छ । फिर्केखोला माथि निर्माण गरिएका अतिक्रमित संरचनाहरू हटाउनका लागि दोस्रो चरणमा ३५ दिने सूचना जारी गर्ने महानगरको तयारी छ । 

pokhara41692325818.jpg

उनले स्थानीयवासीलाई खोलामाथि घर बनाएर नबस्न आग्रह गर्दै कसैले पनि खोलामाथिको जग्गा बेच्न नसक्ने बताएका छन् ।

‘खोला माथि नै किनेर बस्नु  भएको छ भने त त्यसको उपचार छैन, खोला माथि बेच्ने को हो ?, लालपुर्जा कहाँ पाएर बेच्यो ?, बेच्नै सक्दैन नि, खोलामाथि लालपुर्जा नै थिएन कसैको, कसैले किने बेचे भन्ने कुरा त हुनै सक्दैन,’ स्थानीयको गुनासो सुनेपछि उनले भने, ‘यदि कसैले भ्रममा पारेर त्यस्तो काम गरेको रहेछ भने, त्यो अपराधी हो, त्यसलाई कारवाही हुन्छ ।’

सीमांकन कार्यको नेतृत्व गरिरहेका महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलका अनुसार हालसम्म ५ सय बढी सीमास्तम्भहरु खोलाको दायाँबायाँ गाडिएका छन् ।

pokhara51692325820.jpg

अव खोलाको २०० मिटर क्षेत्रमा सिमांकनको काम बाँकी छ । नाप जाँचका क्रममा खोला माथि अविश्वासिलो ढंगले अतिक्रमण गरिएको, स्थायी संरचनाहरू निर्माण गरिएको र प्रदूषण गरिएको पाइएको उनको भनाइ छ । 

खोलामाथि घर बनाएर बसेकाबाहेक स्थानीयहरूले समेत महानगरको योजना कार्यान्वयनमा सहयोग गर्ने बताउँदै आएका छन् ।

pokhara1692325805.jpg

pokhara11692325805.jpg

 

pokhara31692325813.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update