Odapalika - The Fourth Estate - चौथो अंग
छायाँनाथको बजेट : भत्ताका लागि साढे ८२ लाख, जनप्रतिनिधिलाई ६२ लाखको सुविधा

काठमाडौं । मुगुको छायाँनाथ नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट पारित गरिसकेको छ । यही असार ८ गते नगरसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेट सोही दिन नै पारित गरिएको हो । 

आगामी आर्थिक वर्षका लागि पदाधिकारी, कर्मचारी र नगर प्रहरीका लागि भत्तामा ८२ लाख रुपैयाँ विनियोजन गरिएको बजेटमा पदाधिकारीको सुविधाका लागि साढे दुई करोड रुपैयाँ छुट्याइएको छ । 

आगामी आर्थिक वर्षका लागि स्थानीय भत्ता ४४ लाख ४७ हजार ४४०, महंगी भत्ता १० लाख ८ हजार, महंगी भत्ता नगर प्रहरी ५ लाख, स्थानीय भत्ता नगर प्रहरी ९ लाख, कर्मचारीको बैठक भत्ता ४ लाख र पदाधिकारी बैठक भत्ता शीर्षकमा १० लाख रगरी कुल भत्ताका लागि ८२ लाख ५५ हजार ४४० रुपैयाँ विनियोजन गरिएको छ । 

पदाधिकारी सुविधालाई ६२ लाख

छायाँनाथ नगरपालिकाले आगामी आर्थिक वर्षमा पदाधिकारी सुविधाका लागि ६२ लाख रुपैयाँ विनियोजन गरेको छ । यही असार ८ गते पारित आगामी आर्थिक वर्षको बजेटअनुसार पदाधिकारी सुविधाका लागि ६२ लाख २२ हजार ६६९ रुपैयाँ विनियोजन गरिएको छ । कर्मचारीको पारिश्रमिकका लागि २ करोड ५२ लाख १ हजार ८९१ रुपैयाँ विनियोजन गर्दा भ्रमणका लागि भ्रमण खर्चका लागि २० लाख छुट्याइएको छ । 

 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update