Odapalika - The Fourth Estate - चौथो अंग
सेभेनस्टार ट्राभल्सले ल्यायाे अत्याधुनिक अनलाइन टिकेटिङ् पोर्टल संचालनमा 

काठमाडौँ । जुनसुकै गन्तव्यको हवाई टिकट सजिलै काट्नका लागि अनलाइन टिकेटिङ पोर्टल संचालनमा आएको छ । 

नेपाली ट्राभल ट्रेड सेक्टरमा प्रतिष्ठित एजेन्सीको रूपमा स्थापित हुन सफल सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले अनलाईन ट्राभल एजेन्सीले इसेभेनस्टार डटकम संचालनमा ल्याएको हो ।

असार १३ गते सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सको कर्पोरेट कार्यालय बागबजारमा एक कार्यक्रमको आयोजना गर्दै यस अनलाईन ट्राभल एजेन्सीको औपचारिक शुभारम्भ गरिएको कम्पनीका प्रवन्ध निर्देशक शिव शर्मा वास्तोलाले जानकारी दिए ।

सेवाको उत्कृष्टताको एक दशक मनाउँदै सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स आफ्नो एक दशक लामो यस क्षेत्रमा रहेको अनुभवलाई प्रयोग गरेर हवाई टिकेटिङ् सेवाका लागि अत्याधुनिक डिजिटल प्लेटफर्मको निर्माण गरेको जनाएको छ ।

‘विश्व डिटिटलाईजेसन तर्फ अगाडि बढी रहँदा अवको भविष्य र व्यावसायिकता समेत यसैसँग जोडिने प्रष्ट देखिएकाले हामीले आफ्नो ओटिए (अनलाईन ट्राभल एजेन्सी) सञ्चालनमा ल्याएका हौँ । यससँगै हाम्रो पहुँच विश्वभरको बजार र विश्वभर छरिएर रहेका उपभोक्तामा पुगेको छ । हामी हाम्रा ग्राहकलाई २४ सै घण्टा सेवा प्रदान गर्न सक्षम भएका छौँ । यो प्रविधिले दिएको उपलब्धि र हामीले ट्राभल ट्रेडमा मारेको अर्को फड्को हो,’ प्रवन्ध निर्देशक वास्तोलाले भने ।

लामो समयको शोध तथा अनुसन्धान पश्चात् सञ्चालनमा ल्याइएको सेभनेस्टार डटकममार्फत ग्राहकले विश्वभरका वायुसेवाका टिकटहरू जुनसुकै समयमा घरैमा बसेर आँफैँले काट्न सक्नेछन् भने आवश्यक परेको खण्डमा २४सै घण्टा ग्राहक सेवामा पहुँच राख्न सक्नेछन् ।

अनलाईनमा गएर खरिद गरिएको टिकटको भुक्तानी नेपाली वा विदेशी बैँकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ् वालेटहरू, ईसेवा, खल्ती जस्ता डिजिटल वालेट तथा कनेक्ट आईपिएस लगायतका भुक्तानी सेवा प्रदायक बाट सोझै गर्न सकिने विकल्प प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ । 

सस्तो एअर फेयरका अलावा, प्रतिबद्ध ग्राहक सेवा र निरन्तरको विस्तारले सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले आफूलाई आम ग्राहकमाझ विश्वासिलो टिकेटीङ् सेवा प्रदायकको छवि बनाउन सफल भएको हो ।

स्थापनाको एकदशक पुरा गर्दै गर्दा हरेक बर्ष दर्जनौं वायुसेवा कम्पनीबाट विभिन्न विधामा पुरस्कृत हुँदै आएको सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले हालै क्याथे प्यासिफिक एअरवेज, श्रीलङ्कन एअरलाईन्स्, मलेशिया एअरलाईन्स तथा थाई एअरवेजबाट उत्कृष्ट ट्राभल एजेन्सी अवार्ड हात पार्न सफल भएको छ ।

नेपाली ट्राभल ट्रेडमा जापानको बजारमा आधिपत्य जमाउँदै आएको सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले जापानमा समेत कार्यालय खोलेर आफ्ना ग्राहकहरूलाई टिकेटीङ् सेवा प्रदान गर्दै आएको छ भने भने जापानको भिसा आवेदनको सेवासमेत प्रदान गर्दै आएको छ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update