Odapalika - The Fourth Estate - चौथो अंग
पालिका अनुगमन कार्यविधि खारेज, यस्तो छ प्रतिस्थापन कार्यविधि 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका तथा नगरपालिका कार्यविधि २०७९ खारेज गरेर नयाँ कार्यविधि जारी गरेको छ । 

स्थानीय तहको प्रगति तथा अनुगमन प्रणाली संचालन कार्यविधि २०८० जारी गर्दैै मन्त्रालयले पुरानो कार्यविधि खारेज गरेको हो । 

स्थानीय तहको अनुगमन गरी एकीकृत प्रतिवेदन तयार पार्ने प्रयोजनका लागि बनाइएको यो कार्यविधिले स्थानीय तहको कामको मूल्यांकनको आधारमा पुरस्कृत गर्नेदेखि लिएर एकीकृत योजनाको अभिलेखिकरण गर्ने प्रणालीसमेतको व्यवस्थापन गर्ने मन्त्रालयको भनाइ छ । 

कार्यविधिले स्थानीय तहका नीति र योजनादेखि विपत व्यवस्थापनसम्मको अनुगमन गर्ने अख्तियारी दिएको छ । 

कार्यविधिले पालिकाभित्रका भौतिक सम्पत्तिदेखि नीतिगत कार्यसम्मको व्यवस्थित अनुगमन र तथ्या.क अभिलेखीकरण कसरी गर्ने भनेर मार्गदर्शन गरेको छ । 

यस्तो छ नयाँ कार्यविधि 


 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update