Odapalika - The Fourth Estate - चौथो अंग
धुलिखेल नगरपालिकाको बजेट : भत्ताका लागि ७८ लाख, जनप्रतिनिधिलाई १ करोड १४ लाखको सुविधा 

काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकाले आगामी आर्थिक वर्षका लागि भत्ताका निम्ति ७८ लाख रुपैयाँ विनियोजन गरेको छ । 

यही असार ५ गते नगरसभाले पारित गरेको आगामी आर्थिक वर्षको बजेटमा भत्ताका लागि ७८ लाख रुपैयाँ विनियोजन गरेको छ । जसअनुसार महंगी भत्ताका लागि ३० लाख विनियोजन गर्दा कर्मचारी बैठक भत्ताका लागि ५ लाख रुपैयाँ छुट्याइएको छ । साथै अन्य भत्ता शीर्षकका लागि ३५ लाख रुपैयाँ विनियोजन गर्दा पदाधिकारी बैठक भत्ताका लागि ८ लाख रुपैयाँ छुट्याइएको छ । 

भत्ताका लागि आन्तरिक आम्दानी, संघीय र प्रदेश राजस्व बाँडफाँडबाट स्रोत जुटाउने धुलिखेल नगरपालिकाले लक्ष्य लिएको छ । 

धुलिखेल नगरपालिकाले पदाधिकारी अन्य सुविधाका लागि १ करोड १४ लाख रुपैयाँ विनियोजन गरेको छ । पदाधिकारीको सुविधाको लागि आन्तरिक आम्दानीबाट स्रोत जुटाउने नगरपालिकाले लक्ष्य लिएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update