Odapalika - The Fourth Estate - चौथो अंग
बराहक्षेत्र नगरपालिकामा पहिला राष्ट्रिय गान त्यसपछि काम 

सुनसरी । बिहीबार बिहान ठीक १० बजेको छ । बराहक्षेत्र नगरपालिकाका कर्मचारी कार्यालय परिसरमा भेला भए । एकैठाउँ लाइन  लागे । एकस्वरमा सवैले राष्ट्रिय गान गाए । र कार्यस्थलमा लागे । 

बुधवारबाट देखिन थालेको यो दृष्य अब हरेक दिन नगरको प्राङ्गणमा ठीक १० बजे देखिने छ । कर्मचारीहरुमा कामप्रति सकारात्मक उर्जा ल्याउन र राष्ट्रभक्ति जगाउन नगरपालिकाले यो अभियान थालेको नगरप्रमुख रमेश कार्की बताउँछन् । 

विद्यालयहरुमा कक्षा सुरु हुनुअघि र औपचारिक कार्यक्रमको सुरुवातमा मात्र सिमित हुँदै गएको राष्ट्रिय गान वराहक्षेत्र नगरपालिकाका कार्यालय प्रवेश गर्नुअघि एकैठाउँ भेला भएर गाउन थालेपछि कर्मचारी पनि उत्साहित छन् । 

यो अभियानको श्रेय भने प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलालाई जान्छ । उनले ३ वर्ष अघि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा हुँदा यो अभियान थाले, अभ्यास गरे । 

‘त्यसवेला हामी १० बजेर १० मनिेट जाँदा सबै कर्मचारी भेला भएर राष्ट्रिय गान गाउथ्यौँ । यसले असाध्यै राम्रो प्रभाव कर्मचारीहरुमा पर्ने देखेर वराहक्षेत्र नगरमा पनि सुरु गरेका हौँ,’ प्रमुख प्रशासकीय अधिकृत सिटौैलाले वडापालिकासँग भने । 

नगरले सुरु गरेको यो अभियानबाट कर्मचारी खुसी मात्र भएका छैनन्, समयमै कर्मचारी कार्यालय आउने बानीको विकास समेत हुने उनको वुझाइ छ । 

‘राष्ट्रिय गान गाउने भनेपछि सबै समयमै भेला हुनुपर्छ, त्यो भएपछि काम पनि सहज र सजिलोसँग हुने रहेछ,’ सिटौलाले अनुभव सुनाउँदै भने । 

barahachattra 11692329072.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update