Odapalika - The Fourth Estate - चौथो अंग
बालुवाटारमा प्रचण्डलाई ओलीको प्रस्तावः मेरो नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुनुहोस्

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको दल नेकपा माओवादी केन्द्रलाई नयाँ बन्ने सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् ।

ओली अब आफू छिट्टै नै नयाँ सरकारको प्रधानमन्त्री बन्ने र सो सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि सरकारमा सहभागी हुन प्रस्ताव गरेका स्रोतले जानकारी दियो ।

‘नेपाली कांग्रेसले ओलीको नेतृत्वमा नयाँ सरकार बनाउनका लागि प्रस्ताव गरेको छ । बहुमतको सरकार बनाउनका लागि अन्य दल चाहिने होइन । तर, राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रलाई पनि सरकारमा सहभागी हुन प्रस्ताव गर्नु भएको हो,’ स्रोतले वडापालिकासँग भन्यो ।

तर, ओलीको प्रस्तावप्रति प्रचण्डले फरक मत राखेका छन् । उनले आफू सरकारको नेतृत्व छोड्न तयार रहेको तर यही गठबन्धनलाई निरन्तरता दिन उपयुक्त हुने उनकाे प्रस्ताव छ ।

दाहालले आफू सरकारको नेतृत्वबाट हटेर ओलीलाई प्रधानमन्त्री बनाउन तयार रहेको तर वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिन अनुरोध गरेको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update