Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारका आयोजनामा सतर्कता केन्द्रले औंल्यायो २३ त्रुटी, यस्तो छ निर्देशन 

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले तीनवटै सरकार र उनीहरु मातहतका निकायले संचालन गरेका पूर्वाधार विकास परियोजनामा त्रुटी देखिएको भन्दै सच्याउन ध्यानाकर्षण गराएको छ । 

स्थानीयदेखि संघीय सरकारसम्मले संचालन गर्ने आयोजनाको प्राविधिक परीक्षणको काम राष्ट्रिय सतर्कता केन्दले गर्दै आएको छ । 

उसले परीक्षणका क्रममा देखिएका त्रुटीहरु सच्याउन विगतमा लिखित रुपमा गराइएको ध्यानाकर्षणको वेवास्ता हुने गरेको भन्दै पुनः २३ बुँदे ध्यानाकर्षण पत्र पठाएको हो । 

केन्द्रले ७५३ वटै स्थानीय तहसहित देशभरका सबै सरकारी निकायमा गरेको पत्राचार अनुसार आयोजना संचालनका क्रममा सार्वजनिक खरिद नियमावलीका व्यवस्था उल्लंघनदेखि वातावरणीय परीक्षण सम्ममा आयोजनाहरुबाट गलत काम भइरहेको औँल्याइएको छ । 

केन्द्रले गत जेठ मसान्तमै सचिवस्तरीय निर्णयमार्फत देशभर पत्राचार गरेपनि संघीय मामिला मन्त्रालयले भने स्थानीय तहहरुलाई भर्खरैमात्र सतर्कताको ध्यानाकर्षणबारे जानकारी गराएको हो । 

केन्द्रले आयोजना स्थलमा आयोजनाका बारे जानकारी दिन सूचना पाटी नराखेको देखि लिएर खिया लागेका डण्डी, तारलगायतका सामग्री प्रयोग नगर्नसम्म भनेको छ । 

यस्तो छ सतर्कताको पत्र 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update