Odapalika - The Fourth Estate - चौथो अंग
इस्माका जनप्रतिनिधिको फजुल खर्च : इन्टरनेट र फोनमा सके साढे १८ लाख, पदाधिकारीका नाममा ६० लाखको दायित्व
प्रतीकात्मक तस्बिर

काठमाडौं । गुल्मीको इस्मा गाउँपालिकाका पदाधिकारीको खर्चमा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाउँदै प्रमाण पेस गर्न निर्देशन दिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा इस्मा गाउँपालिकाका पदाधिकारीको सुविधाका नाममा भएको ६० लाख ४६ हजार २०८ रुपैयाँ भुक्तानीमा बिल भरपाई नराखेको भन्दै महालेखाले विश्वस्त हुने प्रमाण पेस गर्न निर्देशन दिएको हो । 

‘पदाधिकारी सुविधाका लागि ६० लाख ४६ हजार २०८ रुपैयाँ भुक्तानी गर्दा बिल भरपाई नराखी एकमुष्ठ मासिक रुपमा भुक्तानी दिने गरेकोले उद्देश्यअनुरुप निर्धारित कार्यमा उपयोग भए नभएको एकीन एंव विश्वस्त हुने अवस्था रहेन,’ महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

साथै सोही प्रतिवेदनमा उद्देश्यअनुरुप खर्च भएको विश्वस्त हुन सक्ने खर्चको प्रमाण पेस गर्न निर्देशन दिइएको छ ।

\इन्टरनेट र फोनमा साढे १८ लाख खर्च 

आर्थिक वर्ष २०७८/०७९मा इस्मा गाउँपालिकाका पदाधिकारीले इन्टरनेट र फोनमा मात्र करिब साढे १८ लाख रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनका अनुसार टेलिफोन/फोनमा ८ लाख ७४ हजार र  पुस्तक, पत्रपत्रिका र इन्टरनेटमा ९ लाख ६६ हजार २०० रुपैयाँ खर्चको भएको छ । 

Isma-1719825973.JPG

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update