Odapalika - The Fourth Estate - चौथो अंग
फेदीखोलाको नीति : अनौपचारिक क्षेत्रका मजदुर सामाजिक सुरक्षा कोषमा, विपन्नको बीमा 

काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिकाले आगामी आर्थिक वर्षमा अनौपचारिक सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने नीति लिएको छ । 

यही असार ९ गते गाउँपालिकाको सभाले पारित गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा अनौपचारिक क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन आवश्यक स्रोतको सुनिश्चितता गरिने उल्लेख छ । 

मजदुर सञ्चित कोषमा आवद्ध भएका मजदुरलाई मजदुर अञ्चित कोष वा सामाजिक सुरक्षा कोषमध्ये  मजदुृरको इच्छाअनुसारको कोषमा गाउँपालिकाबाट तोकिएअनुसारको थप अनुदान रकम दिँदै कोषमा संलग्न गराइने नीति लिएको छ । 

विपन्नको बीमा 

फेदीखोला गाउँपालिकाले अपांगता परिचयपत्रवाहक नागरिक, बीमा दर्ता सहयोगी एंव विपन्न नागरिकहरुलाई स्वास्थ्य बीमामा शत प्रतिशत अनुदान दिने नीति लिएको छ । 

बालश्रममुक्त पालिका निर्माण 

आगामी आर्थिक वर्षको बजेटमा फेदीखोलालाई बालश्रममुक्त पालिका निर्माण गर्न रकम विनियोजन गरिएको छ ।  बालश्रममुक्त पालिका निर्माणका लागि तयारी कार्यक्रम गर्न दुई लाख रुपैयाँ विनियोजन गरेको हो । आन्तरिक स्रोतबाट खर्च गर्नेगरी बजेट छुट्याइएको छ । 

फेदीखोला गाउँपालिकालाई बालश्रममुक्त गाउँपालिका घोषणा गर्न आवश्यक जनचेतनाका लागि उक्त रकम खर्च गरिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिए । 

ध्यान केन्द्र निर्माण

फेदीखोलामा आगामी आर्थिक वर्षमा योग तथा ध्यान केन्द्र निर्माण कार्यान्वयन गर्ने लक्ष्य लिएको छ । यसका लागि पनि दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विनियोजित रकमबाट पालिकाभित्र भएका भौतिक पूर्वाधार मर्मत र आवश्यक सामग्री खरिद गरिन प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए । 

नीति तथा कार्यक्रमकाे पूर्णपाठ

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update