Odapalika - The Fourth Estate - चौथो अंग
एमालेका मन्त्रीलाई बोलकोट बोलाए ओलीले 
फाइल तस्बिर

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई बालकोट बोलाएका छन् । 

विकसित राजनीतिक घटनाक्रमले सत्ता समीकरण परिवर्तनको आशंका गरिएका बेला अध्यक्ष ओलीले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई बालकोटस्थित आफ्नो निवासमा बोलाएका हुन् । 

कांग्रेस र एमालेबीच नयाँ समीकरणको आशंका गरिएका बेला एमाले मन्त्रीलाई बालकोट बोलाइनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

“हामीलाई अध्यक्षज्यूलाई आजै साँझ बोलकोटा बोलाउनु भएको छ । जाने तयारीमा छौँ,” एमालेका एक मन्त्रीले भने ।  

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update