Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्रीको शपथ कहिले लिन्छन् ओलीले ? यस्तो दिए जवाफ

काठमाडौं । केही दिनयता राजनीतिकमा नयाँ समीकरणको चर्चा भइरहेको छ । गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको लामो भेटवार्ताले नयाँ सत्ता समीकरणको चर्चा हुन थालेको हो । 

सोमबार गर्माएको राजनीतिक भेटघाट र बैठकले सत्ता समीकरण परिवर्तनको आशंकालाई थप बल पुगेको छ । सत्ता समीकरण परिवर्तनको चर्चा भइरहेका बेला संसद् बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीले अध्यक्ष ओलीलाई ‘प्रधानमन्त्रीको शपथ’ कहिले लिने भन्दै प्रश्न गरेका छन् । 

जवाफ दिँदै ओलीले भने, “यस वर्ष त त्यस्तो लाग्दैन । यो वर्ष बन्छु जस्तो लाग्दैन ।”

कांग्रेस सभापति देउवाले ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । सोमबार साँझ अध्यक्ष ओलीले आफ्ना मन्त्रीहरुलाई बालकोट बोलाएका छन् । 

तर, संघीय संसद् भवन परिसरमा ओलीले हाँस्दै सञ्चारकर्मीलाई ‘यो वर्ष आफू प्रधानमन्त्री बन्छुजस्तो लाग्दैन’ भन्ने कूटनीतिक जवाफ दिएर पन्छिए । 
 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update