Odapalika - The Fourth Estate - चौथो अंग
एमालेका मन्त्रीहरुले राजीनामा दिदै, कल्याणको नेतृत्वमा संविधान संशोधन कार्यदल, ओली प्रधानमन्त्री बन्ने 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको बर्तमान सत्ता समीकरण को आयु सकिएको छ । 

सत्ता साझेदार दल एमालेले काँध फेरेलगत्तै दाहाल नेतृत्वको सरकार हटेर एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने भएको छ । 

एमाले र कांग्रेसबीच दुई तिहाइ जुटाएर एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत् वगर्नेछन् । पछिल्लो १ वर्ष चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने, संविधान संशोधनको मुल एजेण्डा सहित गठबन्धन परिवर्तन गर्नेलगायतका सहमति ठुला २ दल कांग्रेस र एमालेबीच भएको छ । 

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन कार्यदल बनाउने, सत्य निरुपण र वेपत्ता छानविनको इस्यु टुंगो लगाउन ३ सदस्यीय कार्यदलले गरेको गृहकार्यलाई अन्तिम रुप दिएर अघि वढ्न् , प्रदेशमा पनि नयाँ समिकरण बनाउनेसहितका विषयमा दुइ ठूला दलले सहमति जुटाएका छन् । 

आज बिहान बस्ने शीर्ष तहको बैठकले बाँकी रहेका सहमतिलाई टुंगोमा पुर्याएपछि एमालेबाट मन्त्री बनेकाहरुले आजै राजीनामा बुझाउने एमाले नेताहरुले बताएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update