Odapalika - The Fourth Estate - चौथो अंग
संविधान संशोधनको बहसः पालिकाको संख्या घटाउनेः राष्ट्रिय सभामा समानुपातिक सांसद 

काठमाडौँ । संविधान निर्माणलगत्तै बाट सुरु भएको संविधान संशोधनको बहसले यसपटक मूर्तरुप पाउन सक्ने सम्भावनाको ढोकाहरु खुलेका छन् । 

कांग्रेस र एमालेबीच नयाँ सत्ता गठबन्धन बन्ने मुख्य आधार नै संविधान संशोधनको एजेण्डा विषय बनेपछि यी दलहरु संविधान संशोधनको बाटोमा लागेका छन् । 

बर्तमान सरकारबाट काँध फेरेको एमालेकै नेतृत्वमा नयाँ सरकार गठन गर्ने, कांग्रेस त्यसमा सहभागी हुने, सके सर्वदलीय सरकार निर्माण गर्ने नत्र दुई तिहाइ जुटाएर अघि वढ्ने लगायतका महत्वपूर्ण सहमति दलहरुले गरेका छन् । 

यो सहमतिको अर्को महत्वपूर्ण पाटो भने संविधान संशोधन नै हो । यसका लागि कांग्रेस र एमालेले पूर्व प्रधानमन्त्री कल्याण श्रेष्ठको संयोजकत्वमा संविधान संशोधन कार्यदल नै बनाउने सहमति गरिसकेका छन् । 

दलहरुबीच यो सहमति अघि संविधानका के विषय संशोधन गर्ने भन्ने मोटामोटी सहमति पनि भएको श्रोतको भनाइ छ । 

जसअनुसार राष्ट्यि सभामा समानुपातिक सांसद लैजाने र त्यसको नेतृत्व उपराष्ट्पतिले गर्ने, स्थानीय तहको संख्या घटाउने, वडाको संख्या बढाउने, निर्वाचन प्रणालीका कतिपय प्रावधान फेरबदल गर्नेजस्ता सहमति छन् । यसले अन्तिम रुप भने पाइसकेको छैन । 

नयाँ सरकार गठनलगत्तै कार्यदलसँगको परामर्शमा यसको टुंगो लगाउने दलहरुबीच सहमति छ । 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०६:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update