Odapalika - The Fourth Estate - चौथो अंग
२ भदाैमा काठमाडौंका यी ५२ स्थानमा हुदै छ ५ घन्टा लोडसेडिङ

काठमाडौँ  । भोलि (शनिबार) काठमाडौंका विभिन्न ५२ स्थानमा करिब ५ घन्टा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले आजसूचना जारी गर्दै विद्युत अवरुद्ध हुने जानकारी गराएको हो ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभीलाइन १३२ केभीमा चार्ज गर्ने गरी कार्य भइरहेकोले काठमाडौंका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको हो । 

प्राधिकरणका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने छ । निर्धारित समयअघि काम सम्पन्न सकिए विद्युत् सेवा अगावै सञ्चालनमा आउने प्राधिकरणले जानकारी गराएको छ ।

विद्युत् सेवा अवरुद्ध हुने क्षेत्रहरुमा सीतापाइला फिडर अन्तरगत बाफल, बुडाथोकी कोल्डस्टोर, सिविलहोम्स, अलकत्रा, सरनपुर, थापाचोक, ह्वाइट गुम्बा, सिंगल ट्री, इचंगुनारायण मन्दिर छ । 

यस्तै, बाफल फिडर अन्तरगतबाफल, ज्ञानोदय, गाई बाच्छा पाटी, स्वयम्भू सानो भ¥याङ, बारुदखानालगायत ५४ स्थानहरु रहेका छन् । 

Notice1692330543.png


 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०९:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update