Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री शीतल निवासमा, देउवाले बोलाए विपक्षी दलका नेतालाई बूढानीलकण्ठ 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा पुगेका प्रधानमन्त्री प्रचण्डले विकसित राजनीतिक घटनाक्रमका विषयमा कुराकानी गरेका छन् । 

कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउन सहमति भएपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न पुगेका हुन् । 

यसैबीच, नयाँ समीकरण बनाएका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्ड सरकारका विपक्षी दलका नेताहरुलाई आफ्नो निवास बूढानीलकण्ठमा बोलाएका छन् । 

मंगलबार साँझ बोलाएको विपक्षी दलको बैठकलमा सभापति देउवाले नयाँ सरकारलाई समर्थन गर्न आग्रह गर्ने भएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलका नेतालाई देउवाले बूढानीलकण्ठमा बोलाएका हुन् । 
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update