Odapalika - The Fourth Estate - चौथो अंग
ओलीसँगको भेटपछि प्रचण्डले गरे देउवालाई फोन 

काठमाडौं । राजनीति सत्ता समीकरण परिवर्तन गर्माएपछि दलका बैठक र नेताहरूबीचको संवाद बाक्लिएको छ । माओवादी केन्द्रसँगको सत्ता समीकरण परिवर्तन गरेर कांग्रेससँग गठबन्धन गर्न एमाले तयार भएपछि राजनीतिक सरगर्मी बढेको छ । 

गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच लामो संवाद भएसँगै देखिएको सत्ता समीकरण परिवर्तन सोमबार रातिसम्म आइपुग्दा माओवादी केन्द्रलाई आफ्नो सरकार जोगाउन नसक्ने अवस्था पुगेको छ । 

एमाले अध्यक्ष ओलीसँग भएको सहमतिबारे मंगलबार बिहान पार्टी पदाधिकारी बैठकमा सभापति देउवाले जानकारी दिइरहँदा प्रधानमन्त्री प्रचण्डले फोन गरेका छन् । 

तर, देउवालाई फोन गर्नुअघि प्रचण्डले ओलीलाई भेटेको चर्चा छ । देउवालाई फोन गरेर प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे चासो राखेका थिए । 

आफ्नै निवास बुढानीलकण्ठमा पदाधिकारी बैठकमा बसेका देउवालाई फोन गरेर एमालेसँग भएको सहमतिबारे जिज्ञासा राखेका थिए । जवाफ देउवाले एमालेसँग सरकार बनाउने सम्झौता भइसकेको बताएका कांग्रेस एक नेताले जानकारी दिए । 

यसअघि ओलीले कांग्रेसले राष्ट्रिय सहमतिको सरकार बनाउन गरेको प्रस्तावलाई आफूले स्वीकार गरेको जवाफ प्रण्डलाई दिएका थिए । यसपछि प्रचण्डले देउवालाई फोन गरेका हुन् । 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update