Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरको बजेट संशोधनसहित पारित 

ललितपुर । ललितपुर महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षको बजेट संशोधनसहित पारित गरेको छ । यही असार १० गतेको नगरसभा बैठकमा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पेस गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट र आर्थिक विधयेक संशोधनसहित पारित भएको हो । 

नगरसभामा भएको छलफलपछि नगरसभाका सदस्यहरूले राखेको केही संशोधनसहित बजेट पारित भएको महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए

महानगरले ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट ल्याएको थियो । चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख र पुँजीगततर्फ चार अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ ।  

महानगरका अनुसार वार्षिक बजेटमा स्रोतको व्यवस्थापनतर्फ संघीय सरकारबाट एक अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट २२ करोड ९२ लाख ९२ हजार प्राप्त हुने अनुमान गरिएको छ । आन्तरिक स्रोतबाट  तीन अर्ब ५५ करोड ९६ लाख सङ्कलन हुने अनुमान गरिएको छ । 

बजेटमा वातावरण र हरियाली प्रवर्द्धनको योजनालाई प्राथमिकतामा राखेको प्रमुख महर्जनले जानकारी दिए । वातावरण संरक्षण, हरियाली प्रवद्र्धनका साथै पोखरीको संरक्षण गर्ने ,सहरी सौन्दर्यताको विषयलाई महानगरले अघिल्ला वर्षहरुदेखि नै प्राथमिकतामा राख्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update