Odapalika - The Fourth Estate - चौथो अंग
भरतपुर महानगरले गर्‍याे सन्दीप लामिछानेलाई सम्मान

चितवन । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ ।मंगलबार यहाँ एक कार्यक्रमको आयोजना गरी  उनलाई नगद एक लाखसहित सम्मान गरिएको हो । उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।   

त्यस अवसरमा  नगरप्रमुख दाहालले खेलाडीको सम्मानले उनीहरू खेलप्रति  अझ प्रोत्साहित हुने विचार व्यक्त गर्दै भरतपुर महानगरपालिकाले खेलाडी सम्मानलाई प्राथमिकतामा राखेको बताइन् । भरतपुर महानगरपालिकाले रंगशाला निर्माणदेखि खेलक्षेत्रमा सक्दो सहयोग गर्दै आएको उनले आएको बताइन् । 

जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले खेलक्षेत्रको विकासका लागि महानगरले निर्वाह गरेको भूमिकाको सराहना गरे । रासस

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update