Odapalika - The Fourth Estate - चौथो अंग
भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । 

न्यायाधीश सकुन्तला कार्कीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाको संलग्नता नरहेको भन्न नसकिने भन्दै इजलासले उनलाई थुनामा रहेर मुद्दा पुर्पक्ष गर्न पाउने आदेश गरेको हो ।

अदालतको आदेशसँगै थापालाई केन्द्रीय कारागार पठाइएको छ । प्रहरीले गत शुक्रबार काठमाडौंको बौद्धबाट उनलाई पक्राउ गरेको थियो । प्रतीक पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझीसहित सातजना हाल पुर्पक्षका लागि थुनामा छन् । 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update