Odapalika - The Fourth Estate - चौथो अंग
देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, अझै ३ दिन अधिक वर्षा

काठमाडौँ । आज देशका अधिकांश स्थानमा अत्यधिक वर्षको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

हिजोबाट काठमाडौँ उपत्यकासहित देशभर पानी पर्ने क्रम अधिक वढेको र यो क्रम अझै तीन दिन रहने विभागको भनाइ छ ।

आज बिहानैदेखि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । बागमती र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार दिउँसो देशभर साधारणदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एकदुई स्थानमा पनि धेरै भारी वर्षाको सम्भावना छ ।
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update