Odapalika - The Fourth Estate - चौथो अंग
ज्योतिषशास्त्र अनुसार यस्तो छ आज तपाईंको भाग्य र कर्म फल

आजको पञ्चाङ्ग 

तिथिः द्धादशी  । नक्षत्रः राहिणी । करणः गर । चन्द्रराशिः वृष । सूर्योदयः ५ ः १४ । सूर्यास्तः १९ः०२ । दिनमानः ३४ः२९ घडी । राहुकालः दिनकोः १२ देखि १ः३० बजेसम्म ।

तपाईँको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

धन खर्च हुनेछ । नयाँकार्यको थालनीले लाभ होला । प्रिय खबर सुन्नुपर्ला । बेलुकातिर लाभ हुने देखिन्छ । 

वृष ( इ उ ए ओ बा बि बु बे बो )

आज सबैको साथ रहनेछ । नयाँ कामको प्रस्तावले तपाईँको मन उत्साहित हुनेछ । स्वास्थ्य भने कमजोर बन्नेछ । बेलुकातिर धन खर्च हुनेछ ।  

मिथुन (का कि कु घ ङ छ के को ह)

आजको दिन कार्य क्षेत्रमा संलग्न भइनेछ । आफ्नो कर्तव्य निभाउन सक्षम हुनु हुनेछ । आफन्तकोे साथ पाइनेछ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो )

रमाइलो गर्ने अवसर मिल्नेछ । सकारात्मक सोचको सबैले सम्मान गर्नेछन् । आजको लेनदेनले फाइदा दिनेछ ।

सिंह (मा मि मु मे मो टा टि टु टे )

आजको दिन भाग्योदयको दिन छ । कामको चारैतिरबाट प्रशंसा होला । धैर्य र साहासले काम गर्नु पर्ला  । धन भने व्यय हुनेछ ।

कन्या ( टो प पि पु ष ण ठ पे पो )

अचानक स्वस्थ्य समस्या आउनेछ । अप्रत्यासित तपाईँको खर्च होला । यात्रा रमाइलो नै रहला । 

तुला (र रि रु रे रो ता ति तु ते ) 

आज कर्मसिद्धिको समय रहनेछ । मान,सम्मान पाउनुहोला । स्वास्थ्यमा सुधार देखिनेछ । बेलुकापख केही खर्च हुनेछ । 

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आज तपाईँलाई शत्रुले दुःख दिनेछन् । धेरै परिश्रम गर्दा पनि उपलब्धि हँुदैन । काम गर्न आलश्य बढ्नेछ । जमघटमा सरिक भइन्छ ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

तपाईँले आज सुखद् दिन हुनेछ । अनावश्यक चिन्ता हट्नेछ । स्वास्थ्यले पनि साथ दिनेछ । भेटघाटमा रमाइएला ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

तपाईँका ज्ञान र बुद्धिको परिवारले प्रशंसा गर्नेछन् । घरायसी कार्यमा सरिक हुन पाइएला । सन्तानको प्रगति सुन्न पाइनेछ । मिष्ठान्न भोजन हुनेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

गरेको काममा बाधा अड्चन आउनेछन् । कुरा काट्नेदेखि सावधान रहनुहोला । अरुको अपमान सहनुपर्ला । मनोरञ्जनमा सहभागी भइनेछ ।  

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

तपाईँले गरेको प्रगतिले प्रशंसा पाउँनेछ । गरेका काम प्रशस्तै बन्नेछन् । घुमफिरमा रमाउँदै समय बित्नेछ
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update