Odapalika - The Fourth Estate - चौथो अंग
छात्रवृत्ति पाएका माङसेबुङ गाउँपालिकाका २ डाक्टर 

काठमाडौँ । इलामको माङसेबुङ गाउँपालिकाले विद्यावारिधि (पीएचडी) अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । 

गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गर्ने नीति अनुरुप माङसेबुङले दुई विद्यार्थीलाई ५ लाख छात्रवृत्ति उपलब्ध गराएको छ । 

गाउँपालिकाले मंगलबार ‘विद्यार्थी प्रोत्साहन तथा सम्मान कार्यक्रम’ आयोजना गरी पीएचडी अध्ययनरत माङसेबुङ–२ का मनोजकुमार लिम्बू र गोविन्दप्रसाद लिम्बूलाई छात्रवृत्र् िस्वरुप २ लाख ५० हजार रुपैयाँका दरले उपलब्ध गराएको हो ।

गाउँपालिका अध्यक्ष हेमन्त राईले चेक हस्तान्तरण गर्दै गतवर्ष सम्पन्न गाउँसभाको १४औँ अधिवेशनले पारित गरेको नीति तथा कार्यक्रममा पिएचडी अध्ययन गर्ने विद्यार्थीलाई अनुसार हस्तान्तरण गरिएको बताए । 

उच्च शिक्षा हासिल गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्र्थीलाई सहयोग र प्रोत्साहन गर्ने उद्देश्यले यसै वर्षबाट छात्रवृत्ति दिन थालिएको अध्यक्ष राईले बताए । आफ्नो पालिकावासी नागरिकलाई पीएचडी गर्न उत्प्रेरणा दिने उद्देश्यले ‘माङसेबुङ गाउँपालिकाको छात्रवृत्ति वितरणसम्बन्धी ऐन, २०८०’ बमोजिम छात्रवृत्ति वितरण सुरु गरिएको उनको भनाइ छ ।  

छात्रवृत्ति लिन माङसेबुङ गाउँपालिकाभित्रकै स्थायी बासिन्दा र नेपालकै कुनै एक विश्वविद्यालबाट विद्यावारिधि गर्नुपर्ने मापदण्ड छ । त्यसैगरी गाउँपालिकाले विसं २०८० सालकोे माध्यमिक शिक्षा परीक्षा (एएइई) मा पालिकाबाट सर्वोत्कृष्ट अङ्क प्राप्त गरी उत्तिर्ण छात्रछात्रालाई जनही ५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ । 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update