Odapalika - The Fourth Estate - चौथो अंग
मुखमा कालो टेप लगाएर मुकुल ढकाल बसे रास्वपा बैठकमा 

काठमाडौं । पार्टीप्रति ‘निर्मम’ भएर प्रतिवेदन तयार पारेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।

यथास्थितिमा अघि बढ्न नसक्ने प्रतिवेदन तयार पारेर सभापति रवि लामिछानेलाई बुझाएका उनले बैठकको लाइभ गर्नुपर्ने माग गर्दै मुखमा कालो टेप लगाएर सहभागी भएका हुन् । 

उनले केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गरेका छन् । तर, माग पूरा नभएपछि उनले मुखमा मास्क बाहिर क्रस गरेर कालो टेप लगाएर बैठकमा सहaभागी भएका हुन् । 

देशभरको भ्रमणपछि प्रवक्तासमेत रहेका ढकालले तयार  पारेर सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि केन्द्रीय समितिको बैठकमा छलफल गर्ने एजेण्डा छ । 

आफ्नो प्रतिवेदनमाथि छलफल हुने केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्नुपर्ने उनको माग छ । 
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update