Odapalika - The Fourth Estate - चौथो अंग
चुलाचुलीको आर्थिक विकासको मेरूदण्ड ‘पर्यटन र कृषि’

काठमाडौं । इलामको चुलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्षको आर्थिक विकासको मेरूदण्डको रुपमा कृषि, पशुपालन र पर्यटनलाई लिएको छ । 

यही असार ६ गते गाउँपालिकाको सभामा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा आर्थिक विकासको मेरूदण्डको रुपमा कृषि, पशुपालन र पर्यटनलाई लिएको छ । 

‘गाउँपालिकाको आर्थिक विकासको मेरूदण्ड कृषि, पशुपालन तथा पर्यटन हो । कृषिलाई परम्परागत निर्वाहमुखी प्रणालीबाट आधुनिक व्यवसायिक प्रणालीमा रुपान्तरण नगरेसम्म यस क्षेत्रको विकास असम्भव छ । तसर्थ, आर्थिक क्षेत्रको कृषि, पशुसेवा, सहकारी, भूमि व्यवस्था तथा जलस्रोतको समग्र विकास लागि आवश्यक बजेट विनियोजन गरिएको छ,” बजेटमा लेखिएको छ । 

आर्थिक विकासको मेरूदण्ड कृषि, पशुपालन तथा पर्यटनलाई लिएको चुलाचुलीले कृषि विकासका शाखाका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको छ । साथै, पूर्वाधार विकासका लागि ५० लाख र सहकारी प्रवद्र्धनका लागि दुई लाख रुपैयाँ विनियोजन गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update