Odapalika - The Fourth Estate - चौथो अंग
मुकुल ढकालको प्रस्तावमा ‘गर्लफ्रेन्ड’का कुरा 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीमा पेस गर्न नपाएको प्रस्ताव सार्वजनिक गरेका छन् । बुधवार बिहान पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकमा पेस गर्न नपाएपछि उनले आफ्नो प्रस्ताव सार्वजनिक गरेका हुन् ।

समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको उक्त प्रस्तावलाई सभापति रवि लामिछाने प्रस्तुत गर्न नदिएपछि उनले सार्वजनिक गरेका हुन् । 

जसमा राजनीतिक तथा समसामयिकसँगै आफ्नो व्यक्ति विषय पनि उठाएका छन्, महामन्त्री ढकालले । उनले आफ्नो प्रेमिकादेखि विवाहको विषयमा पनि पार्टीले निर्णय गरिदिन उल्लेख गरेका छन् । 

प्रस्ताव पेस गर्न नपाए पनि उनी मुखमा कालाे टेप लगाएर बैठकमा सहभागी भएका थिए । 

महामन्त्री ढकालले प्रस्तावमा गर्लफ्रेन्डदेखि विवाहसम्मको विषय यसरी उठाएका छन् :

गर्लफ्रेन्डको कुरा । मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहानै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि केन्द्रीय समितिले निर्णय गरिदेओस् । केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु । वा आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ । तर, निर्णय गरिदेओस् । जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यहि दिन गरिदिनुहोस् । देश निर्माण र देश निर्माणका लागी पार्टी चाहिन्छ भनेर पार्टी निर्माणका लागी जीवन नै समर्पण गरेको छु, गर्लफ्रेन्डको कुरा गरेर मलाई त केहि छैन, म सहुँला तर ती नारीप्रति सम्मान त गरिदिएको भए हुन्थ्यो । “म जान पाइनँ, एकजना नारी जाने ? मेरो साटो” भनेर रडाको मच्याउँदा पनि सायद मुकुल ढकालसँग जोडिएको विषय हो, कहाँबाट आउँछ मानव अधिकारका कुरा, महिला अधिकारका कुरा ।

मेरो जीवनको विवाह बाहेकका पनि बाँकी सबै कुरा पार्टीले निर्धारण गरिदेओस् । पार्टीका केही नेता भन्नुहुन्छ, सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढ्नुपर्छ । जसले नियम बनाउँछ, नेताको छोराछोरीले पर्छ कि पर्दैन ? मैले बिहा गरे र मेरो छोराछोरी जन्मिए भने मैले आफ्नो इच्छाअनुसार गर्ने हो वा पार्टीको नीतिअनुसार पार्टीको नीति अरुका लागी मात्र बन्ने हो कि आफ्ना लागी पनि ? नेताहरू सरकारी अस्पतालमा उपचार गराउनु पर्ने हो कि होइन ? आफ्नो इच्छाअनुसार गर्ने हो वा नीति अनुसार गर्ने हो ? नीति बनाएपछी पालना गर्न तयार छौं ? नेताको आचरण निर्धारण गरी पालना गर्ने सबैजना तयार हुन्छन् भने खुसी हुन्छु । नत्र पनि मेरा लागी मात्र भए पनि नीति बनाइयोस् । देश छोडेर जा, देशको हित हुन्छ भन्नु हुन्छ भने पनि गइदिन्छु । राजनीति छोड़ देशको हित हुन्छ भने पनि छोडिदिन्छु । देशको हितमा ठाउँमा हुँदा ठीक हुन्छ, मैले के गर्दा ठीक हुन्छ, तपाईंहरु भनिदिनुहोस् ।

म सार्वजनिक प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । २०८९ को चुनावमा त्यतिबेलाको आवश्यकता अनुसार निर्णय गरौंला, तर त्यतिबेलासम्म सांसद, मन्त्री वा कुनै पनि प्रकारको सरकारी लाभको पदमा बस्दिन, वा नियुक्ति लिदिन । पार्टी सरकारमा जाँदा पनि व्यवहार जन्य आ जनताका सरुवाका सिफारिस बाहेक कुनै पनि प्रकारले व्यक्ति किटान गरेर सरुवा वा बढूवाका लागी सिफारिस गर्दिन । र पूर्णता पार्टी निर्माणमा लाग्छु । म विश्वास गर्छु, देश निर्माण गर्न लागी पार्टी निर्माण गर्न आजको अपरिहार्य आवश्यकता हो ।
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update