Odapalika - The Fourth Estate - चौथो अंग
रविलाई मुकुलकाे कटाक्ष– तपाईंको गाडीको सिसा कालो भइसक्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टी बैठकमा पेस गर्न नपाएपछि सार्वजनिक गरेको प्रस्तावमा सभापति रवि लामिछानेप्रति गम्भीर प्रश्न उब्जाएका छन् ।

बुधवार बिहान पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकमा पेस गर्न नपाएपछि उनले सार्वजनिक गरेको  प्रस्तावमा सभापति लामिछानेसँग गम्भीर प्रश्न गरेका छन् । 

प्रस्ताव पेस गर्न नपाएपछि मुखमा कालो टेप लगाएर बैठकमा सहभागी भएका पार्टी प्रवक्ता ढकालले समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको उक्त प्रस्तावलाई सार्वजनिक गरेका हुन् ।

Mukul-Dhakal-1719984216.jpg
सभापति रवि लामिछाने प्रस्तुत गर्न नदिएपछि उनले सार्वजनिक गरेका हुन् । जसमा महामन्त्री ढकालले राजनीतिक तथा समसामयिक विषयसँगै आफ्नो व्यक्ति विषय पनि उठाएका छन् । 

राजनेता बन्न सभापति लामिछानेलाई सुझाव दिएका उनले व्यंग्य गर्दै प्रस्तावमा लेखेका छन्, ‘राजनेता बन्न पर्‍यो सभापतिज्यू, नेता मात्र बनेर पुगेन । तपाईंको गाडीको सिसा कालो भइसक्यो, सभापतिज्यू, समीक्षा गर्नुहोस् ।

आफूले लिएका राजनीतिक निर्णयप्रति समीक्षा गर्न सभापति लामिछानेलाई उनले आग्रह गरेका छन् । 

यसबारे प्रस्तावमा उनले लेखेका छन् :

मेरो पक्षमा आज कति जना हुन्छन्, त्यो गौण छ । यो अङ्कको कुरो होइन ? लोकतान्त्रिक मुल्य र मान्यताका कुरा हुन् ? सत्य र असत्यको कुरा हो । देउवा ओली र प्रचण्डको पक्षमा पनि प्रतिशत मत होला । उनीहरूका गल्ती देखाउनेको पक्षमा ती पार्टीभित्र कोही छैनन् होला तर के ती सही छन् त सभापतिज्यू ? प्रश्न आउला, हाम्रा सभापतिलाई देउवा, ओली र प्रचण्डसँग कम्पेयर गर्ने ? कम्पेयर गरेर राम्रा हाम्रै सभापति भनौंला तर सभापतिको ती नेतासँग फोटाहरू निरन्तर आइरखेका छन्, त्यो पनि सँगै । सभापतिलाई देउवा, ओली र प्रचण्डसँग दाँजेर को कति ठीक, को कता ठिक भन्ने बेला भइसक्यो । मेरो चाहना त दाँज्ने तहको नहोस् भनेको धेरैमाथि हुनपर्छ सभापति ज्यू, दाँजिने तहमा होइन । राजनेता बन्न पर्यो सभापति ज्यू, नेता मात्र बनेर पुँगेन । तपाईंको गाडीको सिसा कालो भइसक्यो, सभापति ज्यू, समीक्षा गर्नुहोस् ।
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update