काठमाडौं । ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काएको छ ।
महानगरपालिकाले मन्दिरको जग्गा मिचेर बनाएको भन्दै ललितपुर महानगरपालिका–१०, चाकुपाटस्थित अमात्यको घरको पर्खाल भत्काएको हो ।
स्थानीय सम्पदा संरक्षण अभियन्ता र गुठियारको उजुरीको आधारमा महानगरको टोली डोजरसहित बुधबार पर्खाल भत्काउन पुगेको हो ।
प्रकाशित मिति: बुधबार, असार १९, २०८१ १६:४९
प्रतिक्रिया दिनुहोस्