Odapalika - The Fourth Estate - चौथो अंग
संघीय संसदको अवरोध हटाउने छैटौँ प्रयासमा सभामुख 

काठमाडौँ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायीक छानविन नभएसम्म संसद चल्न नदिने अडानमा रहेको एमालेलाई मनाएर संसद चलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका नेतासँग छलफल गर्ने भएका छन् । 

एमालेले लामो सयमदेखि संसद चल्न नदिएपछि सभामुखले अवरोध खुलाउन यसअघि ५ पटकसम्म प्रयास गरिसकेका छन् । 

प्रधानमन्त्रीको निवास बालुवाटारमा पुगेका सभामुख घिमिरे अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलमा छन् ।

एमालेले संसदीय समितिसमेत बहिष्कार गर्न थालेपछि सभामुखले छलफललाई तिव्र बनाएका हुन् । एमालेले संसदीय समितिको नेतृत्व चयन हुन नसकेको भन्दै हिजोबाट समितिका बैठकसमेत बहिष्कार गरेको छ । 

यसअघि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमस्लिसनालाई लिएर घिमिरे राष्ट्रपति भेट्न पुगका थिए । प्रतिनिधिसभा बैठक ३ भदौ र राष्ट्रियसभा बैठक ५ भदौका लागि वोलाइएको छ । 

राष्ट्रपतिले गतिरोध अन्त्य गर्न सबै दललाई वोलाएर छलफल गर्ने आश्वासन दिएपनि अहिलेसम्म दलहरुलाई बोलाएका छैनन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update