Odapalika - The Fourth Estate - चौथो अंग
प्रचण्ड सरकार औपचारिक अल्पमतमा, एमालेले फिर्ता लियो समर्थन 

काठमाडौं । नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै पुष्पकमल दाहाल प्रचण्ड सरकार औपचारिक रुपमा अल्पमतमा परेको छ । 

मंगलबार एमालेले २४ घण्टाभित्र राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई अल्टिमेटम दिएको थियो ।

तर, प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएपछि बुधबार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यसबारे औपचारिक रुपमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र दर्ता गर्ने तयारी गरिरहेको छ । 

साथै समर्थन फिर्ताको पत्र दर्तासँगै एमालेका मन्त्रीहरुले राजीनामा दिने तयारीसमेत गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update