Odapalika - The Fourth Estate - चौथो अंग
आयुक्तले मिचेको मन्दिरको जग्गामा डोजर चलाएरपछि मेयर महर्जनलाई अख्तियारको पत्र

काठमाडौँ । ललिपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले पत्र पठाएको छ ।

मेयर महर्जनले आर्थिक सहयोगका नाममा जथाभावी रकम बाँडेको भन्दै अख्तियारले उनलाई पत्र पठाएको हो । मेयर महर्जनले २०७७ सालको बाढी पहिरोको समयमा वितरण गरेको रकमको विषयलाई अख्तियारले पत्र पठाएको हो ।

अख्तियारले पठाएको पत्रमा मेयर महर्जन विरुद्ध गत वर्षको असारमा उजुरी परेको भनिएको छ । सो उजुरीका सम्बन्धमा केही बुझ्नु पर्ने भएकोले असार २६ गते बुधबार अख्त्यिारमा उपस्थित हुन पत्रमा उल्लेख गरिएको छ ।

तर, अख्तियारले मेयर महर्जनप्रति प्रतिशोध साधेको जस्तो पनि देखिएको छ । ललितपुर महानगरले अख्तियारका आयुक्त डा. सुमित्रा अमात्यले मन्दिरको जग्गा मिचेर आफ्नो घरको पर्खाल लगाएको र भत्काउन अनुरोध गर्दा अटेर गरेको भन्दै असार १९ गते डोजर लगाएर भत्काएको थियो । महानगरले आयुक्त अमात्यको पर्खाल भत्काएकै दिन अख्तियारले मेयर महर्जनलाई पत्र पठाएको हो । सो पर्खाल भत्काउन मेयर महर्जन आफै उपस्थित थिए ।

ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काएको थियो । 

महानगरपालिकाले मन्दिरको जग्गा मिचेर बनाएको भन्दै ललितपुर महानगरपालिका–१०, चाकुपाटस्थित अमात्यको घरको पर्खाल भत्काएको हो ।

स्थानीय सम्पदा संरक्षण अभियन्ता र गुठियारको उजुरीको आधारमा महानगरको टोली डोजरसहित बुधबार पर्खाल भत्काउन पुगेको हो । 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update