Odapalika - The Fourth Estate - चौथो अंग
रास्वपा महामन्त्री ढकाल कारबाहीमा, विपक्षमा उभिइन् निशा 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकमा अनुशासन उल्लंघन गरेको भन्दै महामन्त्री ढकाललाई निलम्बन गर्ने निर्णय गरेको हो । रास्वपाले उनलाई महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरेको हो । 

“केन्द्रीय समितिको बैठकमा तपाईंले पार्टी अनुशासनविपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिदै हिँड्नु भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १८, राष्ट्रिय स्वतन्त्र पार्टीको विधानको धारा ५५.७ (क) र (ख) तथा धारा ५६ (१) तथा केन्द्रीय अनुशासन आयोगको नियमावली, २०८० को नियम ५.२ र परिच्छेद ७ को नियम १४ बमोजिम एवं केन्द्रीय अनुशासन आयोगको सिफारिस बमोजिम केन्द्रीय समितिले महामन्त्री तथा प्रवक्ता पदबाट तत्काल लागू हुने गरी सात दिनका लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ,” निलम्बनसम्बन्धी ढकाललाई सम्बोधन गरेको पत्रमा उल्लेख छ । 

महामन्त्री ढकाललाई कारबाही गर्ने निर्णयको विपक्षमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले उभिएकी छन् ।

ढकाललाई कारबाही गर्ने निर्णयप्रति असहमति जनाउने निशा एक्लो केन्द्रीय सदस्य रहेकी हुन । ५२ जना उपस्थित बैठकमा उनी एक्लो ढकाललाई कारबाही गर्न नहुनेमा पक्षमा रहेकी हुन् । 
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update