Odapalika - The Fourth Estate - चौथो अंग
प्रचण्ड सरकारलाई रवि लामिछानेको साथ, राजीनामा नदिइ बालुवाटारबाट फर्किए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ । मन्त्रीहरुको राजीनामा बोकेर बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेका रास्वपा नेताहरु राजीनामा नदिइ फर्किएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दुई घण्टा छलफल गरेका रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिइने भएका हुन् । प्रमुख सत्तासाझेदार दल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा दिएपछि अल्पमतमा परेको प्रचण्ड सरकारलाई रास्वपाले भने साथ दिने भएको हो । 

प्रधानमन्त्री प्रचण्डसँग उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले, डिपी अर्याल, सन्तोष परियारलगायत नेताले भेटेका हुन् । 

प्रधानमन्त्रीसँगको भेटपछि रास्वपा तत्काल सरकारबाट नबाहिरिने भएको हो । प्रधानमन्त्रीसँगको भेटपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसद् सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिखेरसम्म पर्खिन आग्रह गरेकाले राजीनामा नदिएको जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update