Odapalika - The Fourth Estate - चौथो अंग
गुठीचौर गाउँपालिकाको पुँजीगत खर्च ५१ प्रतिशत

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा पुँजीगत खर्च ५१ दशमलव १६ प्रतिशत गरेको छ । पालिकाले सोही आबमा ३४ करोड ५५ लाख ७५ हजार रुपैयाँ विनियोजित बजेटमध्ये हालसम्म चालुतर्फ ६५ दशमलव ४७ प्रतिशत खर्च गरेको छ । 

समग्रमा ६० दशमलव १४ प्रतिशत खर्च भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिए । चालु आर्थिक वर्षको कूल विनियोजित बजेटको ८८ दशमलव ३२ प्रतिशत खर्चहुने अनुमान गरिएको छ । उनले भने, “उक्त आवमा गाउँपालिकाको आन्तरिक राजस्व १६ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा ११ लाख रुपैयाँ मात्र उठेको छ ।”

आर्थिक वर्ष २०८१/८२ मा पालिकाले  १८ लाख रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।महालेखापरीक्षकको कार्यालयले गत जेठ १३ गते सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदन अनुसारगुठीचौर गाउँपालिकाको लेखापरीक्षणबाट पाँच करोड एक लाख ४४ हजार रुपैयाँ बेरुजु देखिएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update