Odapalika - The Fourth Estate - चौथो अंग
गुलरिया नगरपालिकाले इन्धनमा ५० लाख र सवारीसाधन मर्मतमा ४२ लाख सक्यो 

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा सवारी इन्धनमा ५० लाख र सवारी मर्मतमा ४२ लाखभन्दा बढी खर्च गरेको छ । 

महालेखापरीक्षक कार्यालयको लेखापरीक्षण प्रतिवेदनमा गलरिया नगरपालिकाले सो आर्थिक वर्षमा इन्धन कार्यालय प्रयोजन, पदाधिकारी इन्धनसहित इन्धन प्रयोजनमा ४९ लाख ८५ हजार खर्च गरेको उल्लेख छ ।

महालेखापरीक्षक कार्यालयले लेखापरीक्षण गर्दा लगबुक राखेको नपाइएको तथा समय क्रमअनुसार अभिलेख दुरुस्त हुनेगरी अद्यावधिक नगरपालिकाले नगरेको जनाएको छ । इन्धन प्रयोग गरेका सवारीसाधनको वास्तविक अवस्था खुल्नेगरी महालेखापरीक्षक फाराम ९०५ अद्यावधिक गर्न नगरपालिकालाई सुझाव दिइएको छ । 

साथै, सोही आर्थिक वर्ष नगरपालिकाले सवारीसाधन तथा मेसिनरी मर्मतमा पनि ४२ लाख ११ खर्च रुपैयाँ खर्च गरेको देखिएको महालेखापरीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सबै किसिमको मर्मतको अवस्था देखिनेगरी अभिलेख नगरपालिकाले नराखेको र एक लाखभन्खा बढीको मर्मतमा तीनवटा सेवाप्रदायकबाट कर भाउ पत्र मागसमेत नगरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । यी दुवै खर्चलाई महालेखाले सैद्धान्तिक बेरुजुमा राखेको छ । 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update