Odapalika - The Fourth Estate - चौथो अंग
वीरगञ्जमा फोहोर फाल्नेलाई सार्वजनिक अपराधको मुद्दा !

पर्सा । नगर सौन्दर्य कायम राख्न जुटेको वीरगञ्ज महानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्नेलाई जरिमानासँगै सार्वजनिक अपराधको कसुरमा मुद्दा चलाउने भएको छ । 

सडकमा जथाभावी फोहर फ्याँक्नेलाई जरिमाना गर्दै आएको महानगरले आजदेखि जरिमानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने जानकारी दिएको हो । 

birjung1692332990.jpg

महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै अव्यवस्थित तार हटाउने अभियान चलाइरहेको छ । 

घन्टाघर क्षेत्रका अव्यवस्थित तार हटाएपछि महानगरको ध्यान फोहोरमा केन्द्रीत भएको हो । सडकका पेटीमा जथाभावी फोहोर र अव्यवस्थित पार्किङका कारण महानगरपालिका आलोचित बन्दै आएको छ । 

महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिमाना तिराउँदै आएको महानगरपालिकाले अब जरिमानासँगै फोहर फ्याँक्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने नगर प्रमुख राजेशमान सिंह बताउँछन् । 

मेयर सिंहका अनुसार जथाभावी फोहर फ्याँक्नेसँग नगरपालिकाले गत पुसबाटै कडाइ गर्दै आएकोमा अब भने जरिमानाका अतिरिक्त मुद्दानै चलाउन तयारी थालिएको हो । 

महानगरको सरसफाइ शाखाका अनुसार अनुसार हालसम्म जथाभावी फोहर फ्याँक्ने ५७५ व्यक्ति र संस्थाबाट महानगरले १७ लाख ५४ हजार रुपैयाँ जरिमाना असुल गरेको छ ।

birjung11692332993.jpg

साउनमा मात्र २ लाख १८ हजार रुपैयाँ बरावरको जरिमाना असुल भएको शाखाको तथ्यांकमा उल्लेख छ । 

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा नियमित सरसफाइ गर्दै आएको छ । 

birjung 31692332990.jpg

महानगरपालिको वडा नं १ देखि ३२ वटै वडामा वीरगन्जस्थित पृथीतारा एमके इन्टरनेसनल जेभीसँग गत २०७६  जेठ २ सम्झौला गरी नियमित सरसफाइ गर्दै आएको छ । बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सरसफाइ भइरहेको छ । नालाको सरसफाइ महानगर आफैँले गर्छ भने सडकको सरसफाइ साझेदार संस्था पृथी तारा एनके इन्टरनेशन जेभीले गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १०:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update