Odapalika - The Fourth Estate - चौथो अंग
सहकारी प्रकरण : छानबिन समितिले बोलायो गृह सचिव र प्रहरी महानिरीक्षकलाई 
फाइल तस्बिर

काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले बयानका लागि गृहमन्त्रालयका सचिव र प्रहरी महानिरीक्षकलाई बोलाउने निर्णय गरेको छ । 

बिहीबार बसेको समिति बैठकले गृहमन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरलाई संकटग्रस्त सहकारीका विषय जानकारी लिन बोलाउने निर्णय गरेको हो । 

संकटग्रस्त सहकारीका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सोही विषयमा जानकारी लिन गृह सचिव भण्डारी र महानिरीक्षक कुँवरलाई बोलाएको हो । 

बिहीबार समितिले महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कमलप्रसाद भट्टराई, सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेसँग छलफल गरेको छ । 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update