Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री प्रचण्डलाई एमालेको ध्यानाकर्षण– दीर्घकालीन असर गर्ने काम नगर्नू
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेले सरकार अल्पमतमा परेका दीर्घकालीन असर गर्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ । 

बिहीबार एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरेर प्रधानमन्त्री प्रचण्डलाई दीर्घकालीन असर हुने काम नगर्न ध्यानाकर्षण गराएको हो ।  

“संसदका दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न÷नगराउन नेकपा (एमाले) सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गर्दछ,” महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

साथै एमालेले अब बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डलाई समेत आह्वान गरेको छ ।

press-note-UML-1720087324.png
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update