Odapalika - The Fourth Estate - चौथो अंग
एक सातामा सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बन्यो ‘कल्की’

काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभास अभिनित फिल्म ‘कल्की २८९८ एडी’ एक सातामा सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ । 

गत शुक्रबारबाट रिलिजमा आएको सो फिल्मले एक सातामा तीन अर्ब ९३ अर्ब कलेक्सन गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रभाससँगै अमिताभ बच्चन, दीपिका पादुकोण, कमल हसनजस्ता स्टार्स अभिनित सो फिल्मले समीक्षकबाट पनि राम्रो प्रतिक्रिया पाएपछि बजार तताएको हो । 

दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएपछि  पहिलो दिनदेखि नै ’कल्की २८९८ एडी’ हेर्न दर्शकको भिड लागिरहेको छ। मंगलबार हिन्दी भर्सनले १३ करोड कमाएको कल्की २८९८ एडी’ले बुधबार ११.५ करोड कमाएको थियो ।

यो फिल्मको हिन्दी भर्सनले सात दिनमा एक अर्ब ५२ करोडभन्दा बढी कलेक्सन गरेको छ । जसले यस वर्षको सबैभन्दा धेरै एक सातामा कमाउने फिल्म बनेको हो । ऋतिक रोशनको फाइटरले पहिलो साता करिब एक अर्ब ४० करोड कलेक्सन गरेको थियो । अजय देवगनको सैतानले पहिलो साता ८१ करोड कमाएको थियो । तर, यी सबै रेकर्ड भने कल्की २८९८एडीले तोडेको छ । 

नाग अश्विनले निर्देशन गरेको फिल्म ’कल्की २८९८ एडी’ मा विजय देवराकोन्डा, दुल्कर सलमानको केमियो भूमिका छ ।
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update