Odapalika - The Fourth Estate - चौथो अंग
सुदूरपश्चिम सरकारबाट बाहिरियो एमाले 

कैलाली । सुदू्रपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । केन्द्रीय राजनीतिमा फेरिएको समीकरणले प्रदेश सरकारलाई पनि प्रभाव पारेको हो । 

केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेले प्रदेश सरकारबाट पनि बाहिरिएको हो । 

बिहीबार एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र मुख्यमन्त्रीको  सचिवालयमा बुझाएका हुन् ।

साथै मालेको तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीले समेत राजीनामा बुझाएका छन् । आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला मन्त्री हिरा सार्की र वन, वातावरण तथा सहकारी मन्त्री वीरबहादुर थापाले राजीनामा बुझाएका छन् ।

एमालेको समर्थनमा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी मुख्यमन्त्री बनेका थिए । 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update