कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिकाले पालिकाभित्र भएका समाजसेवी र वालमनोविज्ञलाइ सुचीकृत हुन आह्ववान गरेको छ ।
स्थानीय वालअधिकार समितिमा सुचिकरण हुन चाहने समाजसेवीले २१ दिनभित्र पालिकामा आएर सुचिकृत हुन पालिकाले सुचना जारी गरेको हो ।
समाजसेवी र वालमनोविज्ञका रुपमा सुचिकृत हुन कम्तीमा स्नातक पास गरेको र सामाजिक कार्य र मनोविज्ञानका विषयमा १ महिनाको तालिम लिएको हुनुपर्ने छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० १४:४०
प्रतिक्रिया दिनुहोस्