Odapalika - The Fourth Estate - चौथो अंग
विपन्न परिवारलाई बाख्रा र सुँगुरको पाठापाठी वितरण 

 मोेरङ ।  मोेरङको उर्लाबारी नगरपालिका वडा नम्बर ९ ले विपन्न परिवारलाई निःशुल्क बाख्रा र सुँगुरको पाठापाठी वितरण गरेको छ । 

आयआर्जन तथा जीविकोपार्जनका लागि १९ घरलाई सँगुरको पाठापाठी र १३ घरलाई बाख्राको पाठी बितरण गरेको हो । कार्यक्रमको आयोजना गरेर उर्लाबारी वडा नम्बर ९ का वडा अध्यक्ष नरबहादुर मोक्तानले विपन्न परिवारलाई सुँगुर तथा बाख्राका पाठापाठी वितरण गरेका हुन् । 

पाठापाठीबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै वडाध्यक्ष मोक्तानले बाख्रापालन तथा सुँगुर पालन सजिलो पेसा भएको र राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गरे । 

आर्थिक अवस्था सुधार्न निर्वाहमुखीभन्दा पनि व्यावसायिक कृषि गराउने सोचका साथ सुंगुरको  र बाख्राको पाठापाठी वितरण गरिएको वडाध्यक्ष मोक्तानको भनाइ छ । यसले विपन्नको आयआर्जनमा टेवा पुग्ने उनको विश्वास छ ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update