Odapalika - The Fourth Estate - चौथो अंग
रामेछापले एसियाकै अग्लो बुद्धको मूर्ति र पार्क बनाउने 
प्रतीकात्मक तस्बिर

काठमाडौं । रामेछापको रामेछाप नगरपालिकाले एसियाकै अग्लो भगवान गौतम बुद्धको मूर्ति र पार्क निर्माण गर्ने भएको छ । 

यही असार ९ गते नगरसभाले पारित गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा एसियाकै अग्लो बुद्धको मूर्ति र बुद्धपार्क बनाउने उल्लेख गरेको छ । 

रामेछाप वडा नम्बर ६, लाम्सिङ डाँडामा तीन वर्षभित्रमा निर्माण सक्नेगरी आगामी आर्थिक वर्षबाट एसियाकै अग्लो बुद्धको मूर्ति र बुद्धपार्क बनाउन सुरु गरिने नगर प्रमुख लवश्री न्यौपानेले जानकारी दिए । 

‘लाम्सिङ डाँडामा एसियाकै बुद्धको मूर्ति र पार्क बनाउनेछौँ ।  आगामी आर्थिक वर्षबाट काम थालेर तीन वर्षमा सक्ने लक्ष्य लिएका छौँ,” उनले भने ।

यसका लागि नगरपालिकाले आगामी आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update