Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुरमा प्रहरीको छापा : सुन पगाल्ने मेसिनसहित पाँचजना पक्राउ, ५० लाख रुपैयाँ बरामद 

काठमाडौं । ललितपुरको ताल्छीखेलबाट सुन पगाल्ने मेसिनसहित पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन भारतीय र दुई नेपाली रहेका ललितपुर प्रहरीले जनाएको छ । 

उनीहरुको साथबाट सुन पगाल्ने मेसिनसहित ५० लाख ४ हजार ७३० लाख रुपैयाँ नगद बरामद गरिएको छ । साथै उनीहरूबाट १६९ ग्राम ९७० मिलिग्राम सुन, २४७ ग्राम २५० मिलिग्राम चाँदी, डिजिटल तराजु, हार्ड डिस्क पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र आडवारीका युवराज विभुते, विक्रम यलवर, अभिषेख विभुते तथा भक्तपुर सूर्यविनायक नगरपालिका–१, बिरुवाका सिद्धान्त चौलागाईं र ललितपुरकै महालक्ष्मी नगरपालिका–८ का यसवन्त सुनार छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update