Odapalika - The Fourth Estate - चौथो अंग
मुकेश अम्बानीको छोराको बिहेमा जस्टिन बिबरको प्रस्तुति, ८० करोड पारिश्रमिक लिने

काठमाडौं । क्यानडाका चर्चित गायक जस्टिन बिबरले विश्वका धनाढ्यमध्ये भारतीय मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहमा प्रस्तुति दिने भएका छन् । 

यही जुलाई १२ मा हुने अनन्त र राधिका मर्चेन्टको विवाह आफ्नो प्रस्तुति दिन जस्टिन बिहीबार भारत आइसकेका छन् ।

उक्त प्रस्तुतिका लागि जस्टिनले भारतीय ५० करोड (नेपाली रुपैयाँ ८० करोड) पारिश्रमिक लिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

जस्टिनबाहेक बादशाह र करण औजलाले पनि सांगीतिक प्रस्तुति दिनेछन्। 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update